प्रधानमन्त्रीय पद्धतिमा प्रधानमन्त्रीले आवश्यकताअनुसार मन्त्री हेरफेर गर्न सक्छ : गृहमन्त्री लेखक

६ मंसिर २०८१

 ६ मंसिर, स्वच्छखबर, सुदूरपश्चिम । गृहमन्त्री रमेश लेखकले मन्त्री परिवर्तन हुने कुरा हल्ला मात्र रहेको बताएका छन् । बिहीबार धनगढीमा प्रेस युनियनले गरेको पत्रकार सम्मेनलमा गृहमन्त्री लेखकले आजका मितिसम्म मन्त्री हेरफेर हुने कुरामा कुनै छलफल नभएको बताएका हुन् ।

उनले प्रधानमन्त्रीय पद्धतिमा प्रधानमन्त्रीले आवश्यकताअनुसार मन्त्री हेरफेर गर्न सक्ने बताए । प्रधानमन्त्रीले गर्ने चीन भ्रमणका विषयमा दुई दलबीच खटपट भएको छ नि भन्ने सञ्चाररकर्मीको जिज्ञासामा गृहमन्त्री लेखकले सामान्य छलफलको विषयलाई ठूलो बनाएर बेकारको हल्ला चलाएको दाबी गरे ।

गृहमन्त्री लेखकले भारत वा चीन कुन देश अगाडि जाने भन्ने विषय सामान्य रहेको बताए ।