दुई ठूला दलको सातबुँदे सहमतिलाई संस्थागत गर्न कांग्रेस र एमालेबीच राजनीतिक संयन्त्र बनेको छ : गगन थापा
१२ मंसिर २०८१
विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दुई ठूला दलको सातबुँदे सहमतिलाई संस्थागत गर्न नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच राजनीतिक संयन्त्र बनेको बताएका छन् ।
विराटनगर विमानस्थलमा बुधबार पत्रकारसँगको भेटघाटमा महामन्त्री थापाले संविधान संशोधनको विषयमा पहिले नेपाली कांग्रेस र एमालेबीच साझा धारणा बन्ने र त्यसपछि अन्य दलहरुसँग छलफल गर्ने योजना रहेको बताए।
उनले कसैले चाहेर पनि संविधानको मूलभूत विषयमा संशोधन नहुने तर्क गर्दै संविधान संशोधनका सन्दर्भमा जिम्मेवार सबै राजनीतिक दलसँग सौहाद्र्रपूर्ण वातावरणमा छलफल गरी आवश्यक निर्णय लिइने स्पष्ट गरे । उनले बीआरआई नयाँ सम्झौता नभई पुरानै भएकाले सो सम्झौतालाई अब टुङ्गोमा पुर्याउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्: