नेपालमा जियोटेक्निक्स प्रयोगमा चुनौती छ : प्रकाशमान सिंह
काठमाडौं । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालमा विज्ञान, इन्जिनियरिङ र जियोइन्जिनियरिङको क्षेत्रमा धेरै चुनौतीहरु रहेको बताएका छन् ।
बिहीबार दिगो पूर्वाधारका लागि जियोटेक्निक्स कार्यक्रमको उद्घाटन गर्दै नेपालमा जलवायु परिवर्तन, भूकम्प, बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपले धेरै प्रभाव पारेको चर्चा गर्दै नेपालमा जियोटेक्निक्स प्रयोगमा चुनौती देखिएको बताएका हुन् ।
विकासोन्मुख राष्ट्रको रूपमा नेपालप्राकृतिक घटनाहरू मात्र नभई पछिल्लो समय अव्यवस्थित सहरीकरण, नदीकिनारको अतिक्रमण, खराब इन्जिनियर संरचनाहरू, र अपर्याप्त डिजाइन मापदण्डहरू र निर्माण प्रविधिको कारणले पनिपीडित हुनुपरेको उनले बताए ।
सम्मेलनमा २५ भन्दा बढी देशका १ सय ५० भन्दा बढी अन्तर्राष्ट्रिय प्रतिनिधिहरू र ३ सय भन्दा बढी सहभागी छन् भने सम्मेलनमा १५ जना प्रमुख वक्ता, १६ विशिष्ट वक्ता, ९० भन्दाबढी प्राविधिकपत्रहरू प्रस्तुत हुने आयोजक संस्था नेपाल जियोटेक्निलकल सोसाइटीका अध्यक्ष मन्दीप सुवेदीले जानकारी दिए । सम्मेलन शुक्रबारसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्: