‘नेवार सभ्यता र संस्कृति महत्वपूर्ण छ, हाम्रा सबै भाषा संस्कृतिलाई हामीले बचाउनुपर्छ’:प्रधानमन्त्री
१७ कार्तिक २०८१
१७ कार्तिक , स्वच्छखबर,पाटन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् नेपाली माटोको संवत् भएको बताएका छन्। नेपाल संवत् ११४५ नयाँ वर्षका अवसरमा नेपाल भाषा मंका खलः यलको संयोजन, ललितपुर महानगरपालिकाको सहयोग तथा पाटनका विभिन्न जातीय समाजको सहकार्यमा शनिबार पाटन मङ्गलबजारमा आयोजित’न्हूदँ नेपाल संवत् ११४५’ को सांस्कृतिक कार्यक्रममा उनले नेपाल संवत् आयातित संवत् नभई नेपाली मौलिकतामा चलेको बताए।
प्रधानमन्त्री ओलीले भने, ‘नेपाल मण्डलको संस्कृति संसारको मौलिक संस्कृति हो, ऋणमोचन गरिदिएको अवसरमा चलेको यो संवत् हाम्रो आफ्नो मौलिक संवत् हो, नेवार सभ्यता र संस्कृति महत्वपूर्ण छ, हाम्रा सबै भाषा संस्कृतिलाई हामीले बचाउनुपर्छ।’
आफू २०२७ सालमा काठमाडौँ आएपछि यहाँकै स्थानीय बासिन्दा भएको छु भन्दै उनले यहाँको भाषा, संस्कृति प्रति प्रेम रहेको बताए।
Post Views: 46
प्रतिक्रिया दिनुहोस्: