मंसिर १२ भित्र महसुलको बक्यौता बुझाउन उद्योगीलाई प्राधिकरणको आग्रह

२९ कार्तिक २०८१

२९ कार्तिक , स्वच्छखबर,काठमाडौं । नेपाल विद्युत प्राधिकरणको उद्योगीहरुलाई डेडिकेटेड तथा ट्रंकलाइन प्रयोग गरेबापतको महसुल मंसिर १२ गतेभित्र बुझाउन आग्रह गरेको छ ।

बिहीबार सूचना जारी गरी प्राधिकरणले मंसिर १२ भित्र महसुलको बक्यौता बुझाउन उद्योगीलाई आग्रह गरेको हो । मन्त्रिपरिषद्को कात्तिक २५ गतेको बैठक र प्राधिकरण सञ्चालक समितिको कात्तिक २७ को बैठकबाट बक्यौता महसुल १५ दिनभित्र असुलउपर गर्ने निर्णय भएको भन्दै प्राधिकरणले तोकिएको समयभित्र बक्यौता बुझाउन आग्रह गरेको हो ।