जनताको बीचमा निरन्तर जान पाउँदा सहज महसुस भएको छः अध्यक्ष दाहाल

३० कार्तिक २०८१

३० कार्तिक , स्वच्छखबर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इमान्दारितापूर्व आत्मसमीक्षा गर्दै समान विचार भएकाबीच साझा मतका साथ अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

शुक्रबार नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनका पूर्वकेन्द्रीय संयोजक अखिलेश्वरलाल दासको दोस्रो स्मृति दिवस तथा उनको स्मृतिमा प्रकाशित ‘स्मृतिमा अखिल सर’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफू जनताको बीचमा निरन्तर जान पाउँदा सहज महसुस गरेको उल्लेख गरे । ठूलो सङ्घर्षबाट ल्याएको व्यवस्थाको आफूलाई चिन्ता लागेको उनको भनाइ थियो ।

विचार, राजनीति, लोकतन्त्रबारे विगतमा हुने गरेको बहस तथा प्रभाव उच्चस्तरको रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले पछिल्ला दिनमा व्यक्तिगत स्वार्थ, पद प्रतिष्ठा, स्वार्थ प्रेरित हुँदै गरेको आभास भएको बताए ।