फेरि जनताको गणतन्त्रका लागि अर्को संघर्ष आवश्यक : अध्यक्ष दाहाल
![](https://www.swachhakhabar.com/wp-content/uploads/2024/12/pra.webp)
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फेरि एकपटक नयाँ क्रान्ति आवश्यक भएको बताएका छन् ।
गणतन्त्र सेनानी कोषले बुधबार काठमाडौंमा आयोजना गरेको गणतन्त्र सेनानी सम्मान २०८१ लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले फेरि जनताको गणतन्त्रका लागि अर्को संघर्ष आवश्यक रहेको बताएका हुन् ।
उनले आफूले त्यतिबेलै अर्को संघर्ष आवश्यक पर्ने बताएको र त्यो समय आएको बताए ।उनले अब हुने क्रान्ति पहिलेजस्तो सशस्त्र नहुने बरु जनतामा गएर जनताकै बलमा भ्रष्टाचार र बेथितिविरुद्ध आन्दोलन अघि बढाउने बताए ।
नयाँ क्रान्तिका लागि विभाजित माओवादीलाई एकताबद्ध गर्दै माओवादीको आफ्नै एजेन्डा र पहिचानमा अघि बढ्ने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले स्थानीय तहको उपनिर्वाचनमा एक्लै विजय प्राप्त गरेर त्यसको सुरुवात गरिसकेको बताए ।
कार्यक्रममा अध्यक्ष प्रचण्डलाई गणतन्त्र नायक सम्मानबाट सम्मानित गरिएको थियो । गणतन्त्र सेनानी कोषले उनलाई सो सम्मान गरेको हो ।
प्रतिक्रिया दिनुहोस्: