एनपिएलमा जनकपुरको लगातार तेस्रो जित,पोखरा सात विकेटले पराजित
२० मंसिर २०८१
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले लगातार तेस्रो जित निकालेको छ । बिहीबार भएको खेलमा पोखरा एभेन्जर्सलाई सात विकेटले हराउँदै जनकपुरले अपराजित यात्रा कायमै राखेको हो । पोखराले दिएको एक सय ३९ रनको लक्ष्य जनकपुरले १७ बल अघि नै तीन विकेट गुमाएर भेटायो ।
जनकपुरका विदेशी खेलाडी लाहिरु मिलान्थाले ४५, आशिफ शेखले ३३ र जेम्स निशमले नटआउट ४० रन बनाए । पोखराका विपिन कार्की, कुशल भुर्तेल र माइकल लिस्कले एक/एक विकेट लिए । यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले २० ओभरमा ७ विकेट गुमाएर एक सय ३८ रन बनायो ।
प्रतिक्रिया दिनुहोस्: