धुलिखेल ‘नेपालको पहिलो स्वस्थ शहर’, पाँच हजार अमेरिकी डलर प्राप्त

काभ्रे । विश्व स्वास्थ्य संगठनले ‘नेपालको पहिलो स्वस्थ शहर’ पर्यटकीय नगर धुलिखेललाई पुरस्कार प्रदान गरेको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख डा.सुभाजी गुडले २०८१ भदौ महिनामा धुलिखेललाई नेपालको पहिलो र एसियाको दोस्रो स्वस्थ शहर घोषणा गरेका थिए ।
आज स्वास्थ्य सेवा विभाग टेकुमा विभागका महानिर्देशक विकास देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख अशोक ब्यान्जुलाई विश्व स्वास्थ्य सगंठन नेपालका प्रमुख राजेश साम्भाजिराव पाण्डबले प्रमाण पत्र र ट्रफी सहित नगद पुरस्कार हस्तान्तरण गरेका हुन् । स्वस्थ शहर घोषणा सँगै धुलिखेल नगरपालिकाले विश्व स्वास्थ्य संगठनका तर्फबाट पाँच हजार अमेरिकी डलर प्राप्त गर्न सफल भएको छ ।
एसियामा पहिलो स्वस्थ सहर भारतको पुणे नगर बन्दा र ६२ दशमलव ४८ अङ्क प्राप्त गरी धुलिखेल दोस्रो स्थानमा छ । नगरले अपाङ्गता क्षेत्र, स्वच्छ खानेपानी, वातावरणीय प्रभाव न्यूनीकरण खोप, सामुदायिक स्वास्थ्य तथा डिजिटल स्वास्थ्य अभिलेख तयार गरी काम गर्दै आएको छ । नगर प्रमुख ब्याञ्जुले विश्व स्वास्थ्य संगठन मार्फत सर्ने र नसर्ने रोग, जेष्ठ नागरिक स्वास्थ्य, दलित र गरिब समुदायको स्वास्थ्यमा दिगो विकासको स्वास्थ्य लगायत शहरी स्वास्थ्य सुशासनमा काम गर्ने बताए ।
स्वस्थ शहरमा विकास भनेको पूर्वाधार निर्माण मात्रै हो भन्ने बुझाई भएका आम नागरिक र जनप्रतिनिधीहरुलाई विश्वका सुचक, मापदण्ड र नागरिकहरुका साना साना विषयलाई ध्यान दिएर काम गर्नु पर्ने पाठ समेत सिकाएको नगर प्रमुख ब्याञ्जुले बताए ।
विस्व स्वास्थ्य संगठनको मापडण्द पूरा गरेर स्वास्थ्य क्षेत्रको नीतिगत सुधार, दिगो विकास लक्ष्य, वातावरणीय सुधार, गरिब नागरिकहरुको स्वास्थ्यमा पहुँच, दीर्घरोग र सरुवा रोगको नियमित उपचार, सामुदायिक स्वास्थ्यमा सुधार ल्याउनुका साथै स्थानीय सरकारको प्राथमिक स्वास्थ्य उपचारमा गरेको प्रगतिलाई आधार मानेको छ ।
धुलिखेलले सहस्राब्दी दिगो विकास लक्ष्य ९एसडीजी० अन्तर्गतका १७ मध्ये शिक्षा, स्वास्थ्य, गरिबी निवारण र सुरक्षित खानेपानी चार लक्ष्य पूरा गरेपछि स्वास्थ्यमा क्षेत्रमा फड्को मारेको हो ।
प्रतिक्रिया दिनुहोस्: