सुनको भाउमा नयाँ कीर्तिमान : प्रतितोला एक लाख ७५ हजार २ सय रुपैयाँ कायम

५ चैत्र २०८१

आज सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ । सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेर तोलाको एक लाख ७५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज सुनको भाउ एकैदिन तोलामा एक हजार एक सय रुपैयाँले बढेको हो । हिजो सुनको भाउ एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ आज तोलामा १० रुपैयाँले बढेर दुई हजार ५० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।