दुर्गा प्रसाईकाे अभियानमा संलग्न नहुने र सहकार्य भङ्ग गर्ने समावेशी पार्टीको निर्णय

काठमाडौं । नेपाल समावेशी पार्टीले राष्ट्रियता धर्म संस्कार संस्कृति देश र नागरीक बचाउ महा- अभियानका संयोजक दुर्गा प्रसाईले पार्टीमा समन्वय नगरी नवराज सुवेदीको राजावादी मोर्चामा गएको भन्दै असहमति जनाएको छ ।
बुधबार बसेकाे कार्यसमिति बैठकले आफुहरूसँग समन्वय नै नगरी एकलौटी अघि बढेको भन्दै पार्टीमा आलाेचना भएकोले यस अघि भएको सहकार्य भङ्ग गर्ने निर्णय गरेकाे हाे ।
पार्टीका अध्यक्ष माेतिलाल भारतीले दुर्गा प्रर्साइसगँ यसअघि पार्टीले कार्यगत एकता सहितको दैनिक समर्थन गर्नै भनि निर्णय गरिएपनि हाल प्रसाईले एकल निर्णय गरेकाे र सहमति भएअनुसार काम सन्तोष जनक नभएको हुदा आगामी दिनमा पार्टीले उक्त अभियानमा संलग्न नहुने र सहकार्य नगर्ने भनी सहकार्य भङ्ग गरेकाे जानकारी दिनुभयो ।
यसैगरी,धर्म, संङ्गियता र राजतन्त्रको बारेमा जनमतसङ्ग्रह गरी निर्णय लिने पार्टीको विधानमा भएको हुदा प्रसाईकाे अभियानले फरक मोड लियका कारण पार्टी उक्त अभियानमा सहभागी नहुने तर चुनावमा भाग लियर जाने र संसदबाट बहुमतका आधारले संविधान संसाेधन गरी आएमा पार्टीले मान्यता दिने अध्यक्ष भारतीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
पछिल्ला दिनमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई फेरि सिंहासनमा फर्काउन प्रयासहरु सुरु भएका छन् । योसँगै पुराना राजावादीहरुभित्र पहिलेदेखि नै चल्दै आएको व्यक्तित्व टकराव छताछुल्ल भएको छ ।
प्रतिक्रिया दिनुहोस्: