वैदेशिक राेजगार व्यवसायी संघ निर्वाचन:गूरूङ र गेलाल प्यानलबिच कडा प्रतिस्पर्धा

२३ चैत्र २०८१

काठमाडौं  । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आसन्न निर्वाचनका लागि नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन र गणतान्त्रिक वैदेशिक रोजगार व्यवसायी मञ्चले संयुक्त प्यानल घोषणा गरेका छन् ।

यस सँगै सत्ताधारी गठबन्धनका सुभेच्छुक संस्थाहरुवीच तामेलको सम्भावना अन्त्य भएको छ । बैदेशिक रोजगार ब्यवसायी हक हित र सम्मान लोकतान्त्रिक गणतानत्रिक समुहको निरन्तर अभियानमा भुवन सिंह गुुरुङको नेतृत्वमा हुने बैदेशिक रोजगार संघको चुनावमा घोषणा पत्र सहित चुनावमा लागेकाले चुनावमा कडा प्रतिस्पर्धाका साथ जान लागिएको संघका महासचिव पदका उमेदवार महेश कुमार बस्नेत ज्यु ले स्वच्छ खबर अनलाइनलाई जानकारी दिए ।

एसोसिएसनका भुवनसिंह गुरुङ अध्यक्ष र गणतान्त्रिक मञ्चका कुन्साङ दोर्जे सचिव रहने गरी संयुक्त प्यानल घोषणा गरिएकाे हो । अन्य पदाधिकारी तथा सदस्यहरुसहमतिका आधारमा तय गरिएको छ ।

लोकतान्त्रिक एशोसिएसन र गणतान्त्रिक मञ्चको संयुक्त प्यानलमा नरेन्द्रप्रसाद ढकाल प्रथम उपाध्यक्ष पदका उम्मेदवार रहेका छन् । देवकुमार खोखाली द्वितिय उपाध्यक्ष, हर्कबहादुर लिम्बु, तृतिय उपाध्यक्ष, महेश कुमार बस्नेत महासचिव पदका उम्मेदवार रहेका छन् । त्यस्तै, कुन्छादोर्जे डिम्दोङ सचिव पदका उम्मेदवार र बिक्रम श्रेष्ठ कोषाध्यक्ष पदका उम्मेदवार रहेका छन् ।

राज लामा तामाङ, कृष्ण ढकाल, भरत सापकोटा, बिधा लक्ष्मी बज्राचार्य, सुवर्ण लामा। देवीप्रसाद गिरी, रेखा शर्मा, दिपककुमार राय, सुमनराज पाण्डे, गिता राउत सदस्य पदका उम्मेदवार रहेका छन् ।

यसभन्दा अघि संघको फागुन २ गते ३० औँ र ३१ औँ साधारणसभा बोलाइएको थियो । तर, उम्मेदवार विवादले रोकिएको थियो ।संघमा ७५० भन्दा बढी मतदाता रहेका छन् ।