शिक्षकहरूको राजधानी केन्द्रित सडक आन्दोलन आज पनि जारी

३ बैशाख २०८२

काठमाडौं, बैशाख ३, स्वच्छ खबर । १५ दिनदेखि शिक्षकहरूको राजधानी केन्द्रित सडक आन्दोलन आज पनि जारी छ ।

बुधवार नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरुले माइतीघरबाट प्रदर्शनसहित बानेश्वर पुगेर धर्ना दिएका छन् ।

मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षकहरुको माग सम्बोधन गर्न तयार रहेको बताएपछि पनि शिक्षकहरुले आन्दोलन जारी राखेका हुन् ।

मन्त्रिपरिषद् बैठकले विद्यालय शिक्षा विधेयक छिटो पारित गर्ने समेतका प्रयोजनका लागि संघीय संसद्को अधिवेशन वैशाख १२ गते बोलाउन सिफारिस गर्ने निर्णय गरेको थियो ।

शिक्षकहरुले विद्यालय शिक्षा ऐन जारी नगरेसम्म आन्दोलन नरोकिने बताउँदै आएका छन् ।