सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाकै पुग्यो २ लाख नजिक

९ बैशाख २०८२

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ कीर्तिमानी राखेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एकैदिन ६ हजार ९ सय रुपैयाँले बढेर १ लाख ९७ हजार ९ सय रुपैयाँ कायम भएको हो ।

यो मूल्य हालसम्मकै उच्च हो । सोमबार सुनको मूल्य तोलामा एक लाख ९१ हजारमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर १९ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।