काठमाडौं आइपुगे रोबर्टो कार्लोस
९ बैशाख २०८२

काठमाडौं । चर्चित ब्राजिलिय फुटबल स्टार खेलाडी रोबर्टो कार्लोस नेपाल आएका छन् । कार्लोस आज (मंगलबार) बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।
हाल काठमाडौंमा भइरहेको एनसेल नेपाल सुपर लिगको फुटबल प्रतियोगितामा सहभागि हुन कार्लोस नेपाल आएका हुन् ।
एनसेल नेपाल सुपर लिगको आयोजक नेपाल खेलकुद तथा कार्यक्रम व्यवस्थापन प्रालिले लिगको सद्भावना दूतको रूपमा नेपाल भ्रमणमा रहेका उनी ठमेलस्थित एलओडी क्लबमा पनि जाने छन् ।
कार्लोस शुक्रबार आउने कार्यक्रम थियो तर स्वास्थ्यमा समस्या आएकाले केही ढिला गरी आज नेपाल आएका हुन् ।
प्रतिक्रिया दिनुहोस्: