सडकबाटै शिक्षक महासंघको निर्णयः कक्षा १२ को परीक्षामा सामेल नहुने

९ बैशाख २०८२

काठमाडौँ । सडक आन्दोलनमा रहेका शिक्षकहरूले कक्षा १२ को परीक्षा बहिष्कार गर्ने निर्णय गरेका छन्। कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि सुरु हुने तालिका छ । राष्ट्रिय परीक्षा बोर्डले भने कर्मचारी खटाएर भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।

बोर्डको निर्णयपछि नेपाल शिक्षक महासंघले भने शिक्षक र प्रधानाध्यापकहरू भने परीक्षामा सामेल नहुने निर्णय गरेको हो । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, सरकारले परीक्षा सञ्चालन गरोस् तर, शिक्षकरप्रधानाध्यापक भने परीक्षामा सामेल हुँदैनन् ।

उनीहरूले आन्दोलनकै क्रममा सडकबाटै परीक्षामा सामेल नहुने निर्णय गरेका हुन् । विभिन्न मागसहित शिक्षा विधेयक जारी गर्नुपर्ने मागसहित २१ दिनदेखि काठमाडौँको सडकमा आन्दोलनरत छन्  ।सरकारले संसद्को बजेट अधिवेशनबाटै शिक्षा विधेयक जारी गर्ने बताए पनि शिक्षकहरूले आन्दोलनलाई जारी राखेका छन् ।

यसैबीच शिक्षकहरूको मागलाई सम्बोधन गर्नका लागि कसरत गरिरहेकी भनिएकी शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिइसकेकी छन्। उनले सोमबार प्रधामन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएकी हुन् । उनले मन्त्री निवाससमेत छोडिसकेकी छन् ।