एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको औपचारिक निर्णय

११ बैशाख २०८२

काठमाडौं । अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० बन्द हुने भएको छ । इलोन मस्कको नेतृत्वमा रहेको नयाँ स्थापित सरकारी दक्षता विभागले संघीय खर्च कटौती गर्ने व्यापक प्रयासका स्वरुप एमसीसी केही महिनाभित्र बन्द गर्ने निर्णय गरेको हो ।

एमसीसीका कर्मचारीहरूलाई मे ५ देखि नै ‘अनपेड लिभ’ मा राखिने सम्भावना छ । कर्मचारी कटौतीको योजना अन्तर्गत कार्यवाहक प्रमुख कार्यकारी एक्टिङ्ग सीईओ बाहेकका सबै कर्मचारीहरू हटाइने बताइएको छ ।

३२० जना भन्दा बढी कर्मचारी भएको यो संस्थाले योग्य कर्मचारीहरूलाई स्वैच्छिक अवकाश र स्थगित राजीनामाको विकल्प पनि दिएको छ । यस प्रस्तावमा रुचि राख्नेहरूलाई अप्रिल २९ सम्म इमेल पठाउन भनिएको छ ।

यसको प्रत्यक्ष असर नेपालमा पनि पर्ने भएको छ । नेपालमा २०७८ फागुन १५ गते व्याख्यात्मक टिप्पणीसहित संसदबाट एमसीसी सम्झौता अनुमोदन गरिएको थियो । एमसीसी परियोजना अन्तर्गत हाल नेपालमा सडक र हाइड्रोपावरको प्रसारण लाइनका काम एमसीए नेपालमार्फत् अघि बढाइएको छ ।

तर, अनुदान नै बन्दा हुँदा नेपालमा भइरहेका परियोजना रोकिन सक्छन् । यो परियोजना नेपालको आर्थिक वृद्धि र गरिबी निवारणका लागि महत्त्वपूर्ण मानिएको थियो, तर यसको स्थगनले वित्तीय, राजनीतिक, र कूटनीतिक चुनौतीहरू खडा गरेको छ।