काठमाडौँमा गुडिरहेको बसमा आगलागी

११ बैशाख २०८२

काठमाडौँ । काठमाडौँको ढुंगेअड्डामा बसमा आगलागी भएको । बिहीबार दिउँसो चन्द्रागिरी नगरपालिका–१५ ढुंगेअड्डामा सडकमा गुडिरहेको बा प्र०३–०१–००५ ख ९७८६ नम्बरको बसमा आगलागी भएको हो ।

विद्युत्‌को लाइन सर्ट भएर बसमा आगलागी भएको हो । थानकोटतर्फ जाँदै गरेको बसको इन्जिनमा आगो सल्किएर पूरै बसमा आगो लागेको थियो । बस पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।

यात्रुहरू भने आगो लागेको देखनासाथ निस्किएर भागेकोले सकुशल रहेका प्रहरीले जनाएको छ । आगलागी भएपछि चन्द्रागिरी नगरपालिकाको दमकल बोलाएर आगो नियन्त्रण गरिएको हो । उक्त आगो नियन्त्रणमा आइसकेको छ ।