एमालेमा खराजकता बढ्योः पूर्वराजा र उनका संवाद सचिवलाई कारबाही गर्न माग

१४ बैशाख २०८२

काठमाडौँ । नेकपा (एमाले)का सांसद ठाकुर गैरेले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तत्काल कारबाही गर्न माग गरेका छन्। आज आइतबारको प्रतिनिधिसभाको बैठकमा सांसद गैरेले वक्तव्यमा श्री ५ को सरकार लेखिएको भन्दै कारबाहीको माग गरेका हुन् । जम्मू–कश्मीरमा भएको आक्रमणबारे शनिबार संवाद सचिव डा. फणिराज पाठकबाट प्रकाशित वक्तव्यको शीर्षकमा श्री ५ महाराजाधिराजु लेखिएको भन्दै उनले आपत्ति जनाए ।

नेपालको संविधान र आजको व्यवस्थामा श्री ५ महाराजाधिराज ज्ञानेन्द्रवीर विक्रम शाहदेव भन्ने कहाँ छ ? यो लेख्न पाइन्छ कि पाइँदैन ? यो संसद्, संविधानको सर्वोच्चता, कानुनी राज्यको उपहास गरेर यहाँ बस्न पाइन्छ कि पाइँदैन उनले भने, त्यसकारण संवाद सचिवका रूपमा नाम रहेका फणिराज पाठक र यो संवेदना लेख्न बक्सने ज्ञानेन्द्र शाहलाई नेपालको संविधान र कानुनबमोजिम तत्काल कारबाही गरियोस्  ।

त्यस्तै एमालेकै अर्का सांसद ईश्वरबहादुर रिजालले राजतन्त्रसहितको हिन्दूराज्यको नारा चर्काइरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई चुनौती दिए । रिजालले राप्रपाकै पूर्वअध्यक्ष पशुपतिशमशेर राणालाई ‘किन श्री ३ नबनाउने भन्दै प्रश्न गरे  ।

तत्कालीन राजा त्रिभुवन र मोहनशमशेरको सम्झौताबाट राणाशासन अन्त्य भयो । ०६५ जेठ १५ बाट श्री ५ समाप्त भयो। अहिले आएर श्री ५ फर्कन्छ भने श्री ३ किन नफर्किने प्रतिनिधिसभा बैठकमा आइतबार प्रश्न गर्दै रिजालले भने, ज्ञानेन्द्रका नाति हृदयन्त्र शाहलाई श्री ५ बनाउने हो भने राप्रपाले मोहनशमशेरका नातिलाई न्याय गर्नुपर्‍यो । पशुपतिशमशेरलाई श्री ३ बनाउनुपर्‍यो ।