बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप, एक दर्जन बढी घाइते- शिक्षक महामसंघले आकस्मिक बैठक बोलायो
१४ बैशाख २०८२

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप भएको छ ।
शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले लाठी प्रहार गर्नुका साथै पानीको फोहोर हानेको थियो । प्रहरीको तर्फबाट बल प्रयोग भएपछि शिक्षकहरू प्रतिकारमा उत्रिएका हुन् ।
उनीहरूले सडक छेउछाउ भएका ढुंगा प्रहरीमाथि प्रहार गरेका थिए । झडपबाट एकदर्जन बढी शिक्षकहरू घाइते भएका छन् ।
यसै बीच नेपाल शिक्षक महामसंघले आकस्मिक बैठक बोलाएको छ ।
आज नयाँ बानेश्वरमा प्रहरीसँग झडप भएपछि महासंघले आकस्मिक बैठक बोलाएको हो । बै७क दिउँसो तीन बजे बानेश्वरमा रहेको रत्नराज्य माविमा बस्न लागेको हो ।
बैठकमा भावी रणनीयत तय हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्: