पाल्पाका जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु

१५ बैशाख २०८२

पाल्पा । पाल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

गएराति रैनादेवी छहरा गाउँपालिका-१ सिद्देश्वर असारेस्थित भित्री कच्ची सडकमा असारेबाट ठूलापोखरी जाँदै गरेको लु १ ज २३७७ नम्बरको जिप अनियन्त्रित सडकबाट खस्दा तीन जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा असारेका २३ वर्षीय जनक रेग्मी, ३६ वर्षीय दिपेन्द्र बुढा र ३१ वर्षीय चेतनारायण विक रहेका छन् ।

दुर्घटनामा दुई जना घाइते भएका छन्। घाइते हुनेमा चालक जिल्ला पाल्पा रैनादेवी छहरा गाउँपालिका(१ साउने बस्ने २७ वर्षीय रन्जन रेग्मी र असारेकै २३ वर्षीय सरोज बुढा छन्। जसमध्ये चालकको अवस्था गम्भीर छ ।