आज साँझ मन्त्रिपरिषद्को बैठक बस्दै
१५ बैशाख २०८२

काठमाडौं । मन्त्रिपरिषदको बैठक बस्दैछ । बैठक आज साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आजको बैठक नियमित भए पनि निकै महत्त्वपूर्ण निर्णय गर्ने जनाइएको छ । आजको बैठकले शिक्षकदेखि चिकित्सकका मागको बारेमा सम्बोधन गर्ने जनाइएको छ ।
यस्तै आजको बैठकले राष्ट्र बैंकको नयाँ गभर्नरको नियुक्ति गर्ने सम्भावना पनि छ । नयाँ गभर्नर नियुक्तिमा राजनीतिक सहमति भइसकेको नेताहरूले बताएका छन् । गभर्नर पद भने २४ चैतपछि रिक्त छ ।
यसैगरी प्रहरीका ६ जना प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी नियुक्त गर्ने छ । गत साता गृहमन्त्रालयले पाँच डीआईजीलाई एआईजीमा बढुवाको सिफारिस गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्: