आन्दोलनरत शिक्षकले २७ औं दिन पनि आन्दोलन जारी
१५ बैशाख २०८२

काठमाडौँ । आन्दोलनरत शिक्षकले २७ औं दिनमा पनि आफ्नो आन्दोलन जारी राखेका छन् । सामेबार पनि उनीहरुले बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका छन् ।
शिक्षकहरुको आइतबारको प्रदर्शन भने हिंसात्मक बनेको थियो। प्रदर्शनमा प्रहरी दमन समेत भएको थियो । शिक्षक महासंघले प्रहरी दमनका कारण ६२ जना शिक्षक घाइते भएको बताएको थियो ।
त्यस्तै प्रदर्शनमा प्राइम टेलिभिजनकी प्रत्रकार सविना कार्की पनि घाइते भएकी थिइन् । आज भने शिक्षकहरुको प्रदर्शन तुलनात्मकरुपमा शान्त देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्: