बालाजुमा महिलाले आफैँलाई आगो लगाइन्

१६ बैशाख २०८२

काठमाडौं । काठमाडौंको बालाजुमा एक महिलाले आत्मदाहको प्रयास गरेकी छिन् ।

काठमाडौं महानगरपालिका–१६ स्थित जागृती टोल बस्ने ४५ वर्षीया बिना श्रेष्ठले पेट्रोल छर्किएर आफैँलाई आगो लगाएकी हुन् ।

उनले गएराति श्रीमानसँग विवाद भएपछि आफैँलाई आगो लगाएको बताइएको छ ।

उनको शरिरको २५ प्रतिशत भाग जलेको छ । उनको नयाँबजारस्थित पिपल्स अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।