वार्ता सफल नभए शिक्षकहरूले सामूहिक गिरफ्तारी दिने तयारी

१६ बैशाख २०८२

काठमाडौ । काठमाडौंमा आन्दोलनरत शिक्षकहरूले सामूहिक गिरफ्तारी दिने तयारी गरेका छन् ।

२८ दिनदेखि आन्दोलनरत शिक्षकहरू आजको वार्ता निष्कर्षमा नपुगे गिरफ्तारी दिने तयारी गरेका हुन् ।

गएराति पनि सरकार र शिक्षकबीच वार्ता भएपनि निष्कर्षविहीन भएको थियो ।

आज हुने वार्तामा सहमति हुने सम्भावना प्रवल छ । यदी आज पनि सहमति नभए गिरफ्तारी दिने तयारी शिक्षकहरूले गरेका हुन् ।