‘छिमेकी मित्रराष्ट्रहरुसँग सम्बन्ध घनिभूत गरी लाभ र सम्मानमा आधारित सम्बन्ध कायम गरिनेछ’

१९ बैशाख २०८२

काठमाडौं । सरकारले राष्ट्रिय हितको रक्षा गर्न संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता, पञ्चशीलको सिद्धान्त, अन्तर्राष्ट्रिय कानून र विश्व शान्तिको मान्यताको आधारमामा स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्ने भनेको छ ।

सरकारको आगामी आर्थि वर्षको वार्षिक नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।

उनले भने,‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुताको मान्यताअनुरुप सार्वभौमिक समानताको आधारमा सबै राष्ट्रसँग सम्बन्ध विस्तार गरिनेछ ।’

छिमेकी मित्रराष्ट्रसँग सम्बन्ध घनिभूत गरि पारस्परिक लाभ र सम्मानमा आधारित सम्बन्ध कायम गरिने पनि जनाईएको छ ।

नेपालको भूमिकालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी बनाउने पनि सरकारको नीति छ । सरकारले आर्थिक कुटनीतिलाई नै जोड दिएको छ ।