केआईआईटी कलेजमा प्रिशा मृत्यु प्रकरण : भारतसँग उच्च तहमा कुटनीतिक संवाद अघि बढाउन रूलिङ
२२ बैशाख २०८२

काठमाडौं । भारतको उडिसास्थित केआईआईटी कलेजमा नेपाली छात्र प्रिशा साहको मृत्यु प्रकरणको सत्यतथ्य छानबिनका लागि भारतसँग संवाद अगाडि बढाउन सभामुख देवराज घिमिरेले रूलिङ गरेका छन् ।
सांसदहरूले आकस्मिक समयमा रूलिङको माग गरेपछि सभामुखले सरकारलाई रूलिङ गरेका हुन् ।
‘उज्यालो भविष्यका सपना बोकेर अध्ययनका लागि विदेशिएका विद्यार्थीहरूको एकपछि अर्को रहस्यमय मृत्युको घटना राष्ट्रको संवेदनशीलता र जिम्मेवारीसँग जोडिएको गम्भीर प्रश्न पनि हो ।
सरकारलाई यस घटनाप्रति गहिरो चासो लिँदै सत्यतथ्य पत्ता लगाउन भारत सरकारसँग उच्च तहमा कुटनीतिक संवाद अघि बढाउन र परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न निर्देश गर्दछु’, सभामुखले भने ।
प्रतिक्रिया दिनुहोस्: