‘माइतीघर’बाट बाहिरियो ‘माग्ने बुढा’को लुक्स

काठमाडौँ । हाल छायांकन भइरहेको फिल्म ‘माइतीघर’को सेटबाट कलाकार केदार घिमिरे ‘माग्ने बुढा’को लुक्स बाहिरिएको छ । सार्वजनिक नयाँ लुक्समा केदार खाटमा बसेर मोबाइल हेरिरहेका देख्न सकिन्छ। झट्ट हेर्दा उनको लुक्स, गाउँको मुखियाको जस्तो लाग्छ । तर, निर्माणपक्षले यस बिषयमा केही पनि बोलेको छैन ।
मिलन तामाङको निर्देशनमा तयार भइरहेको यो फिल्मलाई तामाङ संस्कृतिलाई सेरोफेरोमा राखेर निर्माण गरिएको छ । फिल्मको प्रदर्शन मिति आगामी दसैँको फूलपातिलाई तय भइसकेको छ ।
रोहित अधिकारी फिल्मसको व्यानर रहेको यो फिल्मको छायांकन हाल म्याग्दीको ताकम गाउँमा भइरहेको छ । २० दिनसम्म ताकम गाउँमा र २० दिन दरबाङको तातोपानी क्षेत्रमा फिल्मको छायांकन हुनेछ ।
यो फिल्ममा केदारसहित युवराज लामा, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारको अभिनय छ । सुशन प्रजापतिको छायांकन रहेको फिल्ममा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङको लगानी छ ।
प्रतिक्रिया दिनुहोस्: