बालमन्दिर जग्गा प्रकरण : रिता सिंहसहित १७ जनाविरूद्व मुद्दा चलाउने निर्णय
२३ बैशाख २०८२

काठमाडौं । काठमाडौंको नक्सालस्थित बाल मन्दिरको जग्गा अनियमितता प्रकरणमा तत्कालीन अध्यक्ष रिता सिंहसहित १७ जनाविरूद्व मुद्दा चल्ने भएको छ ।
महान्यायाधिवक्ताको कार्यालयले २८ रोपनी ५ आना सरकारी जग्गा भाडामा दिँदा भएको आर्थिक अनियमितता प्रकरणमा सिंहसहित १७ जनाविरूद्व मुद्दा चलाउने निर्णय गरेको हो । सिंह उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहकी दिदी हुन् ।
जिल्ला सरकारी वकिलको कार्यालयले केही दिनभित्र नै मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्: