माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शौचालयमा लडेर घाइते
२४ बैशाख २०८२
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लडेर घाइते भएका छन् ।
उनी खुमलटारस्थित निवासमा गएराति शौचालयमा लडेर घाइते भएका हुन् ।
घाइते भएपछि उनलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएको थियो ।
अस्पताल स्रोतका अनुसार उनको टाउको र निधारमा चोट लागेकाले टाँका लगाइएको छ ।
उनको अवस्था सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्: