भारतले पाकिस्तानमाथि गर्यो हवाई आक्रमण, ३० जनाको मृत्यु
२४ बैशाख २०८२

काठमाडौं । पहलगाम आक्रमणको १५ दिनपछि भारतले पाकिस्तानमाथि हवाई हमला गरेको छ ।
भारतले बुधबार राति करिब १ः३० बजे बहावलपुर, मुरिदके, बाग, कोटली र मुजफ्फराबादमा आक्रमण गरेको हो ।
भारतीय रक्षा मन्त्रालयका अनुसार ती सबै स्थानहरूबाट भारतमाथि हुने आतंकी आक्रमणहरूको योजना र निर्देशन भइरहेको थियो ।
रिपोर्टका अनुसार अपरेशन सिन्दूर नाम दिइएको सैन्य कारबाहीअन्तर्गत बहावलपुरमा भएको हवाई आक्रमणमा ३० जनाको मृत्यु भएको छ ।
यसैबीच, पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले भारतको कारबाहीलाई युद्धको घोर उक्साहट भन्दै कडा निन्दा गरे र बलियो जवाफ दिने चेतावनी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्: