भाषा दिवसः बागमती प्रदेशमा आज सार्वजनिक बिदा

२४ बैशाख २०८२

काठमाडौँ । बागमती प्रदेश सरकारले आज (बुधबार) सार्वजनिक बिदा दिएको छ । भाषा दिवसको अवसरमा आज ९वैशाख २४ गते० सार्वजनिक बिदा दिइएको बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले गएको सोमबार नै सूचना निकालेर भाषा दिवसको अवसरमा सार्वजनिक बिदा दिएको जानकारी गराएको थियो ।

प्रदेश सरकारी कामकाजी भाषा ऐन–२०७९ कार्यान्वयन भएको अवसरमा ‘भाषा दिवस’ मनाउने गरी प्रदेशभर सावजनिक बिदा दिइएको मन्त्रालयका सूचना अधिकारी रविता कार्कीले जारी गरेको सूचनामा उल्लेख छ ।

बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले प्रदेशमा सरकारी कामकाजको नेपाल भाषा र तामाङ भाषालाई २०८१ वैशाख २४ गतेदेखि व्यवहारिक रुपमा प्रयोगमा ल्याइएको थियो।

दिवसको अवसरमा आज काठमाडाौँ र हेटौँडामा विभिन्न कार्यक्रम हुँदैछन्।