चीन दियो प्रतिक्रियाः पाकिस्तानमाथि भारतको सैन्य कारबाही खेदजनक

काठमाडौं । चीनले भारतले पाकिस्तानमाथि गरेको आक्रमणलाई खेदजनक भनेको छ। बुधबार बिहान भारतले पाकिस्तानमाथि मिसाइल आक्रमण गर्दा कम्तिमा ८ जनाको मृत्यु र ३५ जनाभन्दा बढी घाइते भएका छन् ।
चीनको विदेश मन्त्रालयले विज्ञप्ती जारी गरेर उक्त हमलालाई ुखेदजनकु भनेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । मन्त्रालयले दुवै देशलाई संयमता अपनाउन आग्रह गरेको पनि रोयटर्सले लेखेको छ ।
चीनले भारतको आज बिहानको सैन्य कारबाहीलाई दुःखद मानेको छ । हामी वर्तमान अवस्थाप्रति चिन्तित छौं, मन्त्रालयको विज्ञप्तीमा भनिएको छ । चीनले भारत र पाकिस्तान एक अर्काका छिमेकी रहेको र ती दुवै देश चीनको छिमेकी रहेको बताएको छ । चीनले सवै प्रकारको आतंकवादको विरोध गर्ने पनि विज्ञप्तीमा उल्लेख छ ।
हामी दुवै पक्षलाई संयम अपनाउन र अवस्थालाई थप जटिल बनाउन सक्ने कुनै पनि कदम नचाल्न आग्रह गर्दछौं, विज्ञप्तीमा उल्लेख छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत पाकिस्तानबीच जारी आक्रमण चाँडै अन्त्य हुने विश्वास व्यक्त गरेका थिए ।
मैले आक्रमणबारे भर्खरै सुनेँ । दुई मुलुकबीच दशकौंदेखि द्वन्द्व छ । मेरो आशा छ अहिलेको आक्रमण चाँडै सकिने छ, पत्रकारहरूले भारतपाकिस्तानबीच सुरू भएको आक्रमणबारे ट्रम्पले उत्तर दिँदै भनेका थिए । अमेरिकी विदेशमन्त्री मार्को रूबिओले पनि भारत पाकिस्तानबीच सुरू भएको आक्रमणलाई अमेरिकाले नजिकबाट हेरिरहेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्: