कांग्रेस पदाधिकारी बैठक- गभर्नर कांग्रेसले नै पाउने देउवाको दाबी
२६ बैशाख २०८२
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसकै कोटाकै गभर्नर नियुक्ति हुने दाबी गरेका छन् ।
आज बिहान सभापति देउवा निवास बूढानीलकण्ठमा बोलाइएको बैठकमा सहभागी कांग्रेस पूर्व र वर्तमान पदाधिकारीले गभर्नर नियुक्ति किन नगरिएको भनेर देउवालाई प्रश्न गरेका थिए ।
कांग्रेस पदाधिकारीको प्रश्नलाई सम्बोधन गर्दै सभापति देउवाले गभर्नर सत्ता साझेदार एमाले र प्रधानमन्त्री केपी शर्मा ओलीकै सहमतिमा कांग्रेस कोटाबाटै चाँडै नियुक्त हुने बताएका हुन् ।
राष्ट्र बैंक ऐनमा बहालवाला गभर्नर बिदा हुनु एक महिनाअघि नै नयाँ गभर्नर नियुक्त गर्नुपर्ने व्यवस्था रहे पनि सत्ता साझेदार दलबीच कुरा नमिल्दा कामुको भरमा चलिरहेको छ ।
सरकारले गभर्नर नियुक्त गर्न नसकेको भन्दै चौतर्फी आलोचना समेत हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्: