गभर्नरमा विश्व पौडेलको नाम प्रस्ताव गरिने
२८ बैशाख २०८२

काठमाडौं । गभर्नर सिफारिस समितिका दुई सदस्य नै नयाँ राखेर गभर्नरमा अर्थशास्त्री विश्व पौडेलको नाम सिफारिस गर्ने तयारी भएको छ ।
शनिबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस र एमालेका शीर्ष नेताको बैठकले विश्व पौडेललाई गभर्नरमा सिफारिस गर्ने निष्कर्ष निकालेका थिए ।
पौडेलको नाम कांग्रेसले प्रस्ताव गरेको हो । पौडेल यसअघिको निर्वाचनमा चितवनबाट प्रतिनिधिसभाका लागि प्रतिष्पर्धामा थिए । पौडेल सिफारिस समितिमै रहेका कारण राजीनामा गर्न लगाएर थप दुई जना सदस्य राख्ने तयारी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्: