आज कतिमा हुँदैछ सुनको कारोबार ?

२९ बैशाख २०८२

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा भारी गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ७ सय रुपैयाँले घटेको हो ।

यससँगै सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८६ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

यसअघि आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ५ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । यससँगै आइतबार १९ सय ७० कायम भएको चाँदीको मूल्य सोमबार प्रतितोला १९ सय ६० रुपैयाँ कायम भएको छ ।