साँझ ६ बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै गभर्नर नियुक्ति पेचिलो बन्दै
१ जेष्ठ २०८२

काठमाडौँ । मन्त्रिपरिषद् बैठक बुधबार साँझ ६ बजेका लागि सारिएको छ। यसअघि आज राति आठबजे बस्नेगरि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका थिए ।
प्रधानमन्त्रीको सचिवालयले बुधबार साँझ ६ बजे सिंहदरबारमा बस्नेगरि प्रधानमन्त्रीबाट मन्त्रिपरिषद् बैठक आह्वान भएको जानकारी दिएको छ ।
सोमबार बस्न नसकेको बैठक आजका लागि बोलाइएको हो । आजको बैठकले गभर्नर नियुक्तिको लागि गठित सिफारिस समितिमा एकजना सदस्य नियुक्त गर्ने सम्भावना छ ।
समितिका सदस्य डाक्टर विश्व पौडेलले राजीनामा दिएपछि सिफारिस समितिको एकपद रिक्त छ ।
प्रमुख सत्तारुढ दल कांग्रेस एमालेबीच विश्व पौडेललाई गभर्नर बनाउने आन्तरिक सहमती भइसकेको छ । पछिल्लो केही समययता गभर्नर नियुक्तिको विषय पेचिलो बन्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस्: