संवैधानिक नियुक्तिविरूद्वको रिटको सुनुवाई सकियो, जेठ २८ गर्ने फैसला सुनाइने
२ जेष्ठ २०८२
काठमाडौं। चार वर्षअघि ५२ जनालाई विभिन्न संवैधानिक पदमा नियुक्त गरिएको विरूद्वको रिटको सुनुवाई सकिएको छ ।
आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई सकिएको हो । इजलासले यही जेठ २८ गते फैसला सुनाउने मिति पनि तय गरेको छ ।
अदालतले त्यसअघि १६ गतेभित्र बहस नोट पेस गरिसक्न मुद्दाका पक्षहरूलाई आदेश पनि गरेको हो ।

प्रतिक्रिया दिनुहोस्: