आइसीसी महिला टी–२० : नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित
७ जेष्ठ २०८२

काठमाडौं । नेपाल आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत सुपर थ्री को अन्तिम खेलमा थाइल्यान्डसँग पराजित भएको छ ।
आज भएको खेलमा नेपाल ७८ रनले पराजित भएको हो । थाइल्यान्डले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ८० रन मात्र बनाउन सक्यो।
नेपालका लागि कविता कुवँरले सर्वाधिक २४ रन बनाइन् । उनी ३३ बलमा १ चौका प्रहार गरेकी आउट भइन् ।
प्रतिक्रिया दिनुहोस्: