रवि लामिछानेको मुद्दाको सुनवाइ आज स्थगित
८ जेष्ठ २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दामा आज सुनवाइ नहुने भएको छ ।
हिजो मंगलबार नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुरु भएको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।
न्यायाधीश सुवेदी आज संवैधानिक इजलासमा बस्नुपर्ने भएकाले लामिछानेको सुनवाइ स्थगित भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्: