काठमाडौं उपत्यकामा दिउँसैदेखि वर्षा
८ जेष्ठ २०८२

काठमाडौं । काठमाडौं उपत्यकामा वर्षा सुरु भएको छ । सुदूरपश्चिमबाट वर्षा गराउँदै आएको प्रणाली काठमाडौं आइपुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ।
काठमाडौंमा गए राति र बिहान पनि वर्षा भएको थियो । बिहान अबेरबाट भने केही समय मौसम सफा भएपछि पुनः वर्षा सुरु भएको हो ।
नेपालमा हाल पश्चिमी र स्थानीय वायुको प्रभाव छ । बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव छ ।
प्रतिक्रिया दिनुहोस्: