काठमाडौं प्रहरी परिसरको गेटबाटै भागेका युवक पुनः पक्राउ
८ जेष्ठ २०८२
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको गेटबाट भागेका २४ वर्षीय निशान परियार पुनः पक्राउ परेका छन् ।
उनी असनबाट पक्राउ परेको काठमाडौं प्रहरी परिसरका एसएसपी विश्व अधिकारीले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयबाट अभद्र व्यवहार मुद्दामा म्याद थप गरेर ल्याइँदै गर्दा निशान बुधबार परिसरको गेटबाट भागेका थिए ।

प्रतिक्रिया दिनुहोस्: