सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

१० जेष्ठ २०८२

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको ११ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा ११ सयले घटेर तोलाको एक लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहिबार सुन तोलाको एक लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्यमा तोलामा २० रुपैयाँ घटेको छ । महासंघका अनुसार आज चाँदी तोलामा २००५ रुपैयाँमा कारोबार भइरहेको छ ।