राष्ट्रिय युवा संघ नेपालको महाधिवेशन उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्री ओलीले भने-ज्ञानेन्द्रलाई घरमै सिंहासन बनाएर राखे हुन्छ
कास्की । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले फालेको राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको दोर्याएका छन् । पोखरामा शुक्रबारदेखि सुरू भएको राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन उद्घाटन सत्रमा एमाले अध्यक्षसमेत रहेका ओलीले राजावादीले राजा फर्काउने मिति फेरि सार्ने भन्दै कटाक्ष गरे ।
उनले घरमै सिंहासन बनाएर राख्न भन्दै व्यंग्यसमेत गरे । ‘यही आउने १५ गते राजालाई सिंहासनमा राख्छन् रे १ घरैमा सिंहासन बनाएर राखे भो । देशको राजसिंहासन भनेको गइसक्यो,’ उनले थपे, ‘नेपाली जनताले उल्टाएर फालिसके । कहाँ हराइसक्यो । संविधान अर्को बनिसक्यो । संसद् छ । राष्ट्रपति छ । न्यायालय छ । संविधान छ । लोकतान्त्रिक व्यवस्था छ ।’
राजतन्त्र फर्काउने राजावादीको अभियान पछि समाप्त हुने उनले बताए । ‘भदौ लागेपछि भ्यागुता ट्वार–ट्वार गर्छ । भदौ सकिएपछि ट्वार–ट्वार समाप्त हुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसो भएर कुनै प्रकारका भ्रममा पर्नुपर्ने आवश्यकता छैन । यी ट्वार–ट्वारहरू अलि समयका हुन् । पछि समाप्त हुन्छन् ।’
कुण्डली हेरेर पूर्वराजा ज्ञानेन्द्र शाहलाई फेरि राजा बन्ने सपना डा। जगमान गुरुङले देखाएको प्रधानमन्त्री ओलीले टिप्पणी गरे । उनले आफूसहित नेताहरूको कुण्डली पनि हेर्न भन्दै व्यंग्य गरे । ‘ज्ञानेन्द्रको कुण्डली हेर्नुभयो रे १ राजा बन्ने देख्नुभयो रे १ उहाँलाई म मेरो पनि कुण्डली पठाइदिन्छु एकपटक हेर्नुस् अनि थाह पाउनुहुन्छ ।
एउटाको कुण्डली हेरेर हुन्छ रु यहाँ त थुप्रो मान्छे छन्,’ उनले भने । झुटा लाञ्छना लगाएर जनतालाई एमालेबाट टाढा बनाउन विभिन्न शक्ति लागेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्: