कांग्रेस पदाधिकारी बैठक ढिलो गरी सुरु
१३ जेष्ठ २०८२

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक ढिलो गरि सुरु भएको छ । सो बैठक साेमवार बिहान ९ः०० बजे बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बस्नेछ ।
समसमायिक राजनीतिक बिषय तथा गृह मन्त्री रमेश लेखक भिजिट भिषा प्रकरणमा बिबादमा परे पछि देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।
केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीको क्रियाशील सदस्यता नवीकरण सम्बन्धमा हालसम्म भएका प्रगतिबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको हो ।
पार्टी महामन्त्री गगन थापाको संयोजकत्वमा रहेको क्रियाशील सदस्यताबारे समितिले सो विषयमा पदाधिकारी बैठकमा जानकारी गराउने छ । क्रियाशील सदस्यबारे टुंगो नलाग्दा पार्टीको महाधिवेशन यो वर्ष नहुने अवस्थामा पुगिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्: