भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक निर्दोष रहेको काँग्रेसको ठहर, माओवादीले भने माग्यो राजीनामा

१३ जेष्ठ २०८२

काठमाडौं । नेपाली काँग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक निर्दोष रहेको ठहर गरेको छ ।

आज बसेको पदाधिकारी बैठकले लेखक निर्दोष रहेको ठहर गर्दै राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको हो ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकले गृहमन्त्री लेखकमाथि मिथ्या आरोप लगाइएको दावी गरेको हो ।

उता प्रमुख प्रतिपक्षी दल नेकपा ९माओवादी केन्द्र० ले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ ।

आज बसेको पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा जोडिएका मन्त्री लेखकको राजीनामा माग गरेको हो ।

‘गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ । ताकि त्यो पहुँच, प्रभाव, प्रयोग हुन नपाओस्,’ बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘स्वतन्त्र, निष्पक्ष छानबिनका लागि उहाँले मार्ग प्रशस्त गर्नुपर्छ भन्ने हाम्रो पार्टीले निष्कर्ष निकालेको छ ।’