सुनको मूल्य सामान्य घट्यो
१५ जेष्ठ २०८२

काठमाडौं। आज सुनको मूल्य सामान्य रूपमा घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेर एक लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि हिजो सोमबार सुन प्रतितोला १ लाख ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
हिजो चाँदीको मूल्य प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भएकोमा आज भने १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्: