एनआरएनए आईसीसीलाई अष्ट्रेलियाकी राजदुत यादवले गरिन् स्वागत

काठमाडौं । अष्ट्रेलिया क्यानबेरा एनआरएनए आईसीसीका क्षेत्रीय संयोजक इरशाद अहमद र क्षेत्रीय उप संयोजक प्रताप रानालाई नेपालका लागी अष्ट्रेलियाका महामहिम राजदूत चित्रलेखा यादवले आज अष्ट्रेलियाको राजधानी क्यानबेरामा स्वागत एवम् सम्मान गरेकी छन् ।
अष्ट्रेलियाको राजधानी क्यानबेरामा रहेको नेपाली राजदूतावासको कार्यालयमा भएको भेटमा महामहिम राजदुत यादवले अहमद र रानालाई एनआरएनए आईसीसीलाई चुस्तदुरुस्त बनाएर अघि बढ्न आग्रह समेत गरिन् । भेटमा जनसम्पर्क समिति अष्ट्रलियाको वरिष्ठ उपाध्यक्ष इथान शाक्य,जनसम्पर्क समिति न्यु साउथ वएल्स राज्यको उपाध्यक्ष सक्क्षम सुवेदी लगायतको उपस्थिति थियो ।
नेपालबाट अष्ट्रेलिया आएका लाखौं नेपालीको हितमा एनआरएनए आईसीसीले काम गर्दै आएको विगतलाई स्मंरण गर्दै राजदुत यादवले यो कार्यलाई अझै व्यवस्थित रुपमा धेरै नेपालीसम्म पुर्याउन एनआरएनए आईसीसी लागी पर्नुपर्नेमा जोड दिइन् ।
भेटमा क्षेत्रीय संयोजक इरशाद अहमद र क्षेत्रीय उप संयोजक प्रताप रानाले आफुहरुले एनआरएनए आईसीसी को गर्विलो इतिहासलाई कायम राख्न रातदिन कटिबध्द भएर लाग्ने प्रतिबद्धता समेत जनाएका थिए ।
राजदुत यादवको जन्मदिन पनि आजै परेकाले उनलाई भेट्न दुतावासमा पुगेका एनआरएनए आईसीसीको टोलीले केक काटेर राजदुत यादवको जन्मदिन पनि मनाएका थिए ।
प्रतिक्रिया दिनुहोस्: