नारायणहिटी दरबार क्षेत्रमा निषेधाज्ञा जारी
१७ जेष्ठ २०८२

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नारायणहिटी दरबार संग्रहालय क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
प्रशासनले आज एक सूचना जारी गरी यही जेठ १७ गतेदेखि २४ गतेसम्मका लागि ५ जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको जानकारी गराएको हो ।
सूचनामा केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालायको दक्षिण गेट हुँदै जयनेपाल मोटसम्म र महेन्द्र शालिक हुँदै नारायणहिटी दरबार संग्रहालयको दक्षिण गेटसम्म निषेध गरिएको उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्: