राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

१९ जेष्ठ २०८२

ललितपुर। राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गरेका छन् । आइतबार अपराह्न ललितपुरको जावलाखेलमा आयोजित भोटो जात्रामा सरिक भई उनले सो जात्रा अवलोकन गरेका हुन् । गुठी संस्थान ललितपुरका कर्मचारीले सो भोटो देखाएका थिए । मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल र्पुयाइएको चौथो दिन भोटो देखाउने परम्परा छ ।

सो अवसरमा राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथसँगै जीवित देवीकुमारीको दर्शन पनि गरे । भोटोजात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरू संवैधानिक अंगका प्रमुख, कुटनीतिक नियोगका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो ।

गतवैशाख ११ गते सुरु भएको रथ जात्रा भोटो देखाएसँगै यस वर्षका लागि सम्पन्न भएको छ । मच्छिन्द्रनाथलाई अन्नदाता, पानीपार्ने देवताका रुपमा तथा अनिष्ट र अनिकाललाई सामना गर्ने देवताका रुपमामानिने भएकाले पनियसको पुरातात्विक, ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्व रहि आएको छ ।